काम नसकिँदै भुक्तानीः न कुलो बन्यो, न बजेट जोगियो

काम नसकिँदै भुक्तानीः न कुलो बन्यो, न बजेट जोगियो
+
-

सिमकोट– कुलो निर्माणका लागि गठित उपभोक्ता समितिलाई काम सम्पन्न नहुँदै भुक्तानी दिइएपछि मार्सी धान फल्ने खेतमा सिँचाई गर्ने स्थानीयको योजना अलपत्र परेको छ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का गोर्खबहादुर शाहीले पुस्तौ अगाडिदेखिको कुलो कर्णाली करिडोर निर्माण गर्ने क्रममा भत्किएको बताए। खेत बाँझो रहेको बेला कृषि विकास कार्यालयबाट सिचाई कुलो निर्माण गर्न योजना परेको भएपनि काम नभएको उनले बताए।

सडक किनारमा पाइपलाई ढुंगाले छोपेर झारो टार्ने काम भएको उनले बताए।

गत आर्थिक वर्षमै सिँचाइ कुलो निर्माण उपभोक्ता समिति गठन गरेर कृषि विकास कार्यालयसँग सम्झौता भइ पुरानै सिँचाइका लागि गाडिएका पाइप खनेर निकालेर फेरि गाड्ने काम गरिए पनि काम अधुरै रहेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

अध्यक्ष रावलले भने, ‘गाउँपालिकाले उतिखेर पाइप बिच्छ्याउने बेलामै विरोध गरेपनि प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि विकास कार्यालयबाट सिँचाइ योजना परेको हुँदा गाउँपालिकाको केही चलेन। बजेट पनि बचेन र सिँचाइ कुलो पनि आएन।’

अहिले हिल्सा–सिमकोट सडक आयोजनाको खार्पु–सिमकोट सडक विस्तारको काम हुँदा पहिले गाडिएका सबै पाइप उखेलिएको छ। असारे विकासले यस्तो अवस्था भएको उनले बताए।

सिँचाइको सम्बन्धमा कार्यालय प्रमुख चन्द्रभुषण झाले काम पूरा नभएको स्वीकार गर्दै काम अनुसारको मात्रै भुक्तानी दिएको दावी गरे।

अधुरो कामका लागि भुक्तानी किन दिइयो? भन्ने प्रश्नमा उनी थप बोल्न चाहेनन्। करिब एक किलोमिटर लामो कुलो निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?