बाजुरामा पहिलो पटक समुदाय स्तरमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बल्‍यो

बाजुरामा पहिलो पटक समुदाय स्तरमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बल्‍यो
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण लाइन जोडेर बिजुली बलेको छ।

बाजुराको बुढिगंगा नगरपालिका ३ का ५१ घरमा बत्ती जोडेर समुदाय स्तरमा बाजुरामा राष्ट्रिय प्रसारण लाइनबाट बत्ति बालेको नेपाल विद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका प्रमुख महेश चन्द्र भट्टले वताए । बुढिगंगाको सेरामा ५० के भि ए को ट्रान्समिटर जोडेर बुढिगंगा वडा नम्बर ३ मा लाइन बिस्तार गरिएको हो।

पहिलो पटक बिजुलि बाल्न पाँउदा निकै खुशी भएको वडा नम्बर ३ का वडा अध्यक्ष खडक अधिकारीले बताए।

सदरमुकाम मार्तडीको पावरहाउस सम्म बत्ति पुर्‍याएको भएपनि मार्तडीमा साना लघुजलबिद्युत्त भएकाले मार्तडीमा भने बत्ती नजोडेको कार्यलयले जनाएको छ।

नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका अनुसार चाडै बुढिगंगा नगरपालिका १, २ र ३ वडामा पुरै बत्ति बिस्तार गरिने छ।

बुढिगंगा नगरपालिकामा १ हजार घर धुरीमा राष्ट्रिय प्रसारण लाइनको बत्ति बाल्ने योजना कार्यलयको रहेको छ।

राष्ट्रिय प्रसारण लाइन समुदायमा बाजुरामा पहिलो पटक बलेपछि प्रतिनिधि सभाका सासंद लाल बहादुर थापा द्धारा बत्तिको उद्धघाटन गरिएको छ।

सांसद थापाले भने बाजुराका ९ वटै स्थानीय तहमा चाडो भन्दा चाडो राष्ट्रिय प्रसारण लाइन जोडन पहल गर्ने बताएका छन्।

अहिले अछामको सब स्टेशनबाट बत्ति जलाएको बताउँदै प्राधिकरणल चाडै बाजुरामा सब स्टेशन हुने जनाएको छ।

बाजुरोका उत्तरी क्षेत्रको कोल्टिमा पनि सब स्टेशन स्थापना गर्ने योजना रहेको कार्यलयले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष