मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु

मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु
+
-

मोरङ-गएको २४ घण्टामा मोरङमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पताल र विराटनगरकै म्याक्स अस्पताल प्रालिमा समान एक जना संक्रमितको मृत्यु भएको हो।

झापा मेचीनगर नगरपालिका ४ की ८२ वर्षीया बृद्धा महिलाको सोमबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ।

केन्द्रका ब्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बृद्धाको उपचारका क्रममा ८ बजेर ३० मिनेटमा मृत्यु भएको हो। मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रमा भर्ना गरिएकी बृद्धामा श्वासप्रश्वास, ज्वरो आउने लगायतका समस्या देखिएको बस्नेतले जानकारी दिए।

विराटनगरकै म्याक्स अस्पतालमा उदयपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको आइतबार साँझ ६ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका सुपरभाइजर अमित मण्डलले जानकारी दिए ।

त्यसैगरि, ईलामको सूर्योदय नगरपालिकाका ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार राति साढे १० बजे मृत्यु भएको छ।

अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार पिसिआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष