
अ
+
अ
अ
-
काठमाडौँ- स्वास्थ्य मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ पुगेको जनाएको छ।
यस्तै गत चौबीस घन्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएको छ भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ६२९ छ।
मन्त्रालयका अनुसार हालसम्म ३६५ जनाको आईसीयु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घन्टामा १९८० नयाँ संक्रमित थपिएका छन्।