जुवाको खालबाट वडा अध्यक्ष पक्राउ

जुवाको खालबाट वडा अध्यक्ष पक्राउ
+
-

दाङ-जुवाको खालबाट वडा अध्यक्ष सहित ७ जना व्यक्ति पक्राउ परेका छन्।

शितगंगा नगरपालिका ८ अर्घाखाँचीका वडा अध्यक्ष सहित ७ जनालाई प्रहरीले पक्राउ गरि दाङ प्रहरीले सार्वजनिक गरेको छ। तर, प्रहरीले सार्वजनिक गरेकाे बिवरणमा वडा अध्यक्ष भनेर खुलाइएको छैन।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेण्टमा प्रहरीले छापा मारेको थियो।

सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकबहादुर आले जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ। तर, प्रहरीले सार्वजनिक गरेकाे विवरणमा राप्ती गाउँपालिका १ निवासी रुपेश आले लेखिएको छ।

जुवा खेलिरहेको अवस्थामा प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं.३ का ५० वर्षिया चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षिया अल्ली शाह, वडा नम्बर १ का २४ वर्षीया एडिस मिंया, सोही वडाका ४० वर्षिया अक्कबर हुसेन मिया, वडा नम्बर ३ का ४४ वर्षिया कृष्णबहादुर राना र दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. २ का २१ वर्षिया यमबहादुर राना रहेको प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।

पक्राउ परेका जुवाडेहरुको साथबाट विभिन्‍न दरका नेपाली नोट गरी १ लाख ४६ हजार र जुवा खेल्न प्रयोग भएको १० थान तास गड्डि, १ थान गलैचा बरामद भएको र थप अनुसन्धान भईरहेको प्रवक्ता खड्काले जानकारी दिएका छन्। पक्राउ परेकाहरुलाइ जवा एेन अन्तरगत कारबाही अघि बढाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष