नागढुंगा–कलंकी सडकखण्ड अब सीसी क्यामराको निगरानीमा

नागढुंगा–कलंकी सडकखण्ड अब सीसी क्यामराको निगरानीमा
+
-

काठमाडौँ– नागढुंगा–कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएका सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ।

चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सीसी क्यामराको शुक्रबार उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नागढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सीसी क्यामरा जडान भएका छन्।

शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सीसी क्यामरा जडान गरिएको हो। राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सीसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ।

सीसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सिसी क्यामरा जडान हुनु विकास र समृद्धिको प्रतिक भएको बताए।

नगरपालिकाले छाटो समयमा सीसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

नगरपालिकाले एक करोडको लागतमा सीसी क्यामरा जडान गरेको हो। नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन्। उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष