कात्तिक नाच संरक्षण समितिलाई आर्थिक सहयोग

कात्तिक नाच संरक्षण समितिलाई आर्थिक सहयोग
+
-

ललितपुर – ललितपुर महानगरपालिका वडा नं १६ ले कार्तिक नाच संरक्षण समितिलाई रकम सहयोग गरेको छ । अक्षयकोष स्थापनाका लागि उक्त वडाले शुक्रबार राति समितिका सम्बन्धित व्यक्तिलाई १० लाखको चेक हस्तान्तरण गरेको थियो ।

सो नाच संरक्षणका लागि गत वर्ष अक्षयकोष स्थापना गर्ने हल्ला भएपछि यस वर्ष वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाखको चेक हस्तान्तरण गरेको समितिका अध्यक्ष किरण चित्रकारले बताए । उनले भने, ‘महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि अक्षयकोष खडा गर्न ५० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभयो, यसैगरी पर्यटनमन्त्री योगेशकुमार भट्टराइले कोष खडा गर्न दिने भन्नुभएको १० लाख लिन हाम्रो उहाँसँग भेट भइसकेको छैन ।’

हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाच अन्तर्गतको बराह नृत्य शुक्रबार राति सम्पन्न भयो । विष्णुपुराणमा आधारित कथाअनुसार गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने दुई दिन मात्र आयोजना गर्ने लक्ष्यअनुरुप बराह र नसृह अवतार देखाइँदै छ । विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको विश्वास गरिन्छ ।

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सुत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कार्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।

यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ ।

सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कार्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । कोरोना महामारी आउनुअघि मूलुककै लामो नाच हेर्न स्वदेशीका साथै विदेशी मुलुकका थुप्रै मानिससमेत पाटन आउथे । यस वर्ष भने इच्छुक जनताले आ–आफ्नो घरबाट नृत्यको आनन्द लिएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष