तीन बुँदे सहमतिपछि जानकी मेडिकल कलेजका कर्मचारीले २८ दिनपछि तोडे अनसन

तीन बुँदे सहमतिपछि जानकी मेडिकल कलेजका कर्मचारीले २८ दिनपछि तोडे अनसन
+
-

जनकपुरधाम– विगत २८ दिनदेखि आमरण अनसनमा बसेका जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका दुईजना कर्मचारीले अनसन तोडेका छन्।

कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबिच शनिबार तीन बुँदे सहमति भएपछि दुबै कर्मचारीले आमरण अनसन तोडेका छन्। जानकी शरण यादव र कुलदीप साहले शनिबार दिउँसो जुस पिएर अनसन तोडेका छन्।

कलेज व्यवस्थापन र आन्दोलनत कर्मचारीबीच तीन बुँदे सहमति पश्चात अनसन तोड्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए।

गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा भएको दुईपक्षीय सम्झौताको मितिदेखि आन्दोलन अवधिमा गरिएको सम्पूर्ण कारवाही, निलम्बन आदि फुकुवा गर्न कलेज तयार भएपछि सहमति भएको हो।

त्यस्तै कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलित कार्यदल मंसिर १७ गतेभित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको हो।

कर्मचारीहरु कलेजले विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दसैँ खर्च र नियमित तलबभत्ता दिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष