३३/११ केभीको लाँकुरी सवस्टेशन चार्ज

३३/११ केभीको लाँकुरी सवस्टेशन चार्ज
+
-

रोल्पा– रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी सवस्टेशन चार्ज भएको छ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका– ३ लाँकुरीमा नवनिर्मित सवस्टेशनको सोमबार उदघाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ।

योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन्। सवस्टेशन अभावमा यसअघि जिल्लामा पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो।

यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ। सवस्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ।

भारतको एटू–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो।

सवस्टेशनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउनेछन्। यसअघि रोल्पामा प्यूठानको झिम्रुक सवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो।

उज्यालो समृद्धिको प्रतीकः मन्त्री

सवस्टेशन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण गरिसक्ने बताए। उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

‘उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पुर्‍याउने गरी काम गरिरहेको छ।’

मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए।

मन्त्री पुनले दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे। आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५ सय ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युतको पयौप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पुर्‍याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए।

प्राधिकरण विद्युत उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उनको भनाइ थियो।

विद्युत् अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाँकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भइ जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष