
काठमाडौँ – अस्वस्थ भई उपचारार्थ भर्ना भएका राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् ।
अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी गराएका छन्।
अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको छ। उनको पुनः कोभिड परीक्षणका लागि स्वाव लिइएको छ।
अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।
पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।