
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
आइतबार हुने संवैधानिक परिषद्को बैठकका विषयमा छलफल केन्द्रित भएको बताइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायका झण्डै चार दर्जन पद रिक्त रहेका छन्।
संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री ओली र देउवाबीच रिक्त पदमा हुनसक्ने नियुक्तिका विषयमा छलफल भएको स्रोतको भनाइ छ।