
अ
+
अ
अ
-
काठमाडौँ– काठमाडौँमा हिजोआज चिसो बढ्दै छ। चिसो बढेसँगै यहाँका डाँडाकाडाँ कुहिरोले ढाकेका छन्। घाम नियमित नलाग्दा परका सेता हिमाल देखिएका छैनन्।
तर शनिबार थानकोटबाट नेपालमा उच्च हिमाली श्रृंखला खुल्ला रुपमा देखिएका थिए। ८ हजार ७ सय ८२ मिटर अग्लो गणेश हिमाल चन्द्रागिरी, इन्द्रदहबाट देखिएको थियो। ८ हजार ७ सय ९४ मिटर अग्लो लाङ्टाङ हिम श्रृंखला इन्द्रदहबाट प्रष्ट देखिएको थियो। यस्तै ८ हजार ८ सय ३४ मिटर अग्लो गौरी शंकर हिमाल पनि प्रस्ट देखिएको थियो।
यस्तै थानकोटको कोतघरबाट ८ हजार ७ सय ९३ मिटर अग्लो हिमचुली हिमश्रृंखला देखिएको थियो। यस्तै चन्द्रगिरीबाट देखिएका अन्य हिम श्रृंखलाको तस्बिर फोटोपत्रकार प्रकाश गोपालीले आफ्नो क्यामरामा कैद गरेका छन्।
तस्बिर सौजन्य: प्रकाश गाेपाली