
मुस्ताङ (जोमसोम) – चिसो बढ्दै गएपछि सधैँ हिउँले ढाकिने हिमाली क्षेत्रमा हिउँको तह थप बाक्लो भएको छ । हिमालहरु थप चम्किला र सेता देखिन थालेका छन् ।
मौसम खुलेका बेला काठमाडौँ उपत्यकाबाटै पनि हिमालहरु स्पष्ट रुपमा देखिन्छन् । अझ हिमाली भेगमै पुग्दा त हिमालहरुले आकाश छोए जस्तै लाग्छ ।
अहिले मुस्ताङ्गको जोमसोम क्षेत्रमा चिसो अत्याधिक छ । चिसोका बिचमा त्यहाँबाट नजिकै देखिने हिमालहरुले मौसम मनोरम बनाएका छन् ।
जोमसोम क्षेत्रबाट स्पष्ट रुपमा नजिकै देखिने नीलगिरी हिमाल हरेक बिहान घामसँगै टल्किन्छ । सेतो चाँदी जस्तो नीलगिरी हिमालले सो क्षेत्रमा पुग्नेहरुलाई आफ्नो मोहकताले बाँधेर राख्छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले जोमसोम क्षेत्रबाट यो समयमा देखिएको नीलगिरी हिमालका केही तस्बिर खिचेकी छन् ।