
जनकपुरधाम– सीता–राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ। शुक्रबार जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको छ।
कोरोना महामारीको बीचमा भइरहेको विवाह महोत्सवको पाँचौ दिन जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए। मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिने छ।
पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।
सप्ताह व्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।
महोत्सवको छैठौँ दिन शनिबार स्वयंबर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन आइतबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।