
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रस्तावको प्रतिवाद गर्ने जनाएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै प्रधानमन्त्री ओलीको अधिनायक बन्ने आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउने बताएका छन्।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौँ। अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ।’