
काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर शीतल निवास गएपछि कांग्रेस छलफलमा जुटेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाइएको हो।
बैठक दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसले सरकारले चालेको कदमको विरुद्ध रणनीति बनाउने नेताहरुले बताएका छन्।