
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपाभित्रको विवाद र विग्रहका कारण देश अस्थिरता र अराजकताको भुमरीमा फँसेकाे भन्दै संसद विघटन गर्ने सरकारको निर्णयको भर्त्सना गरेको छ।
आइतबार आकस्मिक रुपमा बसेको राप्रपाकाे केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको निष्कर्ष निकालेको हो।
साथै मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानमा नभएको राप्रपाको भनाइ छ।