
जनकपुरधाम-खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा १ वर्षीय बालिकाको मृत्यु भएको छ।
महोत्तरीको एकडारा गाउँपालिका वडा नं. २ बेला बस्ने राजु रामको १ वर्षीय छोरी अस्मिता कुमारी रामको खाल्डोको पानीमा डुबेर आज दिउँसो मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक प्रकाश विष्टले जानकारी दिए।
आफ्नै घर पछाडि खाल्डोमा जमेको पानीमा डुबी घाइते भएकी अस्मितालाई उपचारको लागी जिल्ला अस्पताल जलेश्वर लैजादा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।
प्रहरीले घटना स्थलबाट मुचुल्का पश्चात शव पोष्ट मार्टमको लागी जिल्ला अस्पतालमा पठाएको र यस घटना सम्बन्धमा थप अनुसन्धान थालेको जनाएको छ।