
काठमाडौँ – बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल र उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा बुझाएका हुन्।
बागमतीमा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री छन् । केन्द्रमा नेकपा दुई समूहमा विभाजित भएपछि यसको प्रभाव प्रदेशमा पनि परेको छ ।
उनीहरुले अहिलेको परिस्थितीमा मन्त्रीपरिषद्को सल्लाह सुझाव, पार्टीको संसदीय दलको सल्लाह सझावलाई विल्कुलै वेवास्ता गर्दै अगाडि बढेको र मुख्यमन्त्रीके कारण जनताप्रति सरकार जवाफदेही बिहीन बन्दै जान लागेको कारण यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन्।