प्रचण्डले आफू निकट कर्मचारीलाई आइतबार प्रशिक्षण दिने

प्रचण्डले आफू निकट कर्मचारीलाई आइतबार प्रशिक्षण दिने
+
-

काठमाडौँ – नेकपाकाे एक खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा आफू निकट कर्मचारीहरुलाई प्रशिक्षण दिँदैछन्।

बबरमहलस्थित कार्की बैङ्क्वेटमा दिउँसो साढे २ बजेदेखि प्रचण्डले कर्मचारीलाई प्रशिक्षण दिन लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

उनका अनुसार प्रशिक्षण पछिल्लो राजनीतिक घटनाक्रमको यथार्थ र आगामी दिनका रणनीतिमा केन्द्रीत हुने छ।

आइतबार नै प्रचण्ड -माधवकुमार नेपालको यो खेमाले ७७ जिल्लामा भेला आयोजना गर्दैछ।

प्रचण्डले सम्भवत सोमबार चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्दै आउने नेताहरुसँग छलफल गर्ने छन्।

यो खेमाको यही पुस ७ र ९ गते बसेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार आइतबार प्रशिक्षण र भेला आयोजना गर्न लागिएको हो।

ओलीले संसद विघटन र पार्टीविभाजन गरेर मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकलेको यो खेमाको आरोप छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’