संसद विघटनको विरोधमा प्रदेश–२ का मन्त्री सडकमा

संसद विघटनको विरोधमा प्रदेश–२ का मन्त्री सडकमा
+
-

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदेश २ का मन्त्री सडकमा उत्रिएका छन्।

संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले संविधान अपूर्ण रहेको पुष्टि भएको दावी गरे।

जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरधाममा आयोजना गरिएको बृहत विरोध सभामा बोल्दै मन्त्री सोनलले प्रधानमन्त्रीको कदमले नै संविधान अधुरो रहेको प्रमाणित गरेको बताए।

उनले भने, ‘जुन प्रकारले प्रधानमन्त्री ओलीले प्रतिनिधसभा विघटन गरेर जनताको भविष्यसँग खेलवाड गरेका छन्, त्यसको विरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्नु पर्ने आवश्यकता छ।’

पार्टी भित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित रहेको भन्दै उनले आपसी विवादको कारण प्रधानमन्त्रीले पूरै देशलाई नै अन्यौलतामा धकेलेको आरोप लगाए।

झण्डै दुई तिहाइको सरकार रहेकोमा नेपाली जनताको आशा भरोसालाई नेकपाले तोडेको मन्त्री सोनलले बताए।

जनकपुरधाममा निकालिएको विरोध जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। विरोध सभामा विघटित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साह, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’