
के छ अझै मनको रहर हेर्न बाँकी छ
कस्तो चल्छ अब लहर हेर्न बाँकी छ।।
थरि थरि नारा घोक्छे बुढी मेरी पनि
अझै कति तात्छ शहर हेर्न बाँकी छ।।
आर्यघाट पुगि सक्यो सासको मात्रै आश
किन ख्वायो कडा जहर हेर्न बाँकी छ।।
कोदालो फाले वनमा मेचमा बसि खान
कस्ले खन्छ खेतमा नहर हेर्न बाँकी छ।।
घरकी हुँदै अर्की ल्याउँदा हुन्छ भद्रगोल
रोगको छँदै भोटको कहर हेर्न बाँकी छ।।
भन्छन् दुवै अर्को ल्याइते म चाहिँ ब्याइते
अब भुत्ला भुत्ली हुने पहर हेर्न बाँकी छ।।