आफ्नो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको विषयमा प्रहरीले अफवाह फैलाएको मन्त्री साहको आरोप

आफ्नो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको विषयमा प्रहरीले अफवाह फैलाएको मन्त्री साहको आरोप
+
-

जनकपुरधाम– सहरी विकास मन्त्री  प्रभु साहले आफ्नो गाडीले पैदल यात्रीलाई ठक्कर दिएको विषयमा प्रकाशित समाचारहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

मन्त्री साहले  शनिबार अपराह्न फेसबुक स्टाटस लेख्दै मन्त्रीलाई सुरक्षा दिनुको साटो प्रहरीले आफ्नाबारे अफवाह फैलाएको भन्दै आपत्तिसमेत जनाएका छन्।

सामान्य विषयलाई अतिरञ्जित गरेर मिडियाले आफ्नो बदनाम गर्न खोजेको मन्त्री साहको आरोप छ।

‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाडीबाट झुकिएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिँडेको सामान्य विषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद् विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्री साहले फेसबुकमा लेखेका छन्, ‘सुरक्षा दिनु र सवारी सहजिकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ।’

तर मन्त्री साहको गाडीले पैदल यात्रीलाई ठक्कर दिएको भिडियो समेत सार्वजनिक भएको छ। हरविनका स्थानीयले समेत मन्त्री साहले झुठो बोलेको दावी गरेका छन्।

रौतहटबाट महोत्तरीमा कार्यक्रममा सहभागी हुन आइरहेका मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा पैदलयात्रीलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट घाइते हुने लालबन्दी नगरपालिका वडा नं ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङको उपचार हरिवनको स्थानीय अस्पतालमा भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए।

यो पनि पढ्नुहोस्

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो सहरी विकासमन्त्री प्रभु साहको गाडी

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो सहरी विकासमन्त्री प्रभु साहको गाडी

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’