अफ्रिकी देश नाइजरका दुई गाउँमा बिद्रोही आक्रमण, कम्तिमा ७९ जनाको मृत्यु

अफ्रिकी देश नाइजरका दुई गाउँमा बिद्रोही आक्रमण, कम्तिमा ७९ जनाको मृत्यु
+
-

अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा कम्तिमा ७९ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।

ट्चोम्बान्गोउ गाउँमा भएको आक्रमणमा ४९ जनाको ज्यान गएको र १७ जना घाइते भएको खबरमा उल्लेख छ । यस्तै जारोउम्दारेयी गाउँमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको हो।

दुवै गाउँ नाइजरको मालीसँगा जोडिएको पश्चिमी सीमा क्षेत्रमा पर्छन् । पछिल्लो समय इस्लामी बिद्रोही समूहले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएको छ ।

यसैबिच शनिबार फ्रान्सले मालीमा आफ्ना दुई सैनिक मारिएको बताएको थियो । त्यसअघि अल–कायदासँग सम्वद्ध समूहले गएको मंगलबार भएको आक्रमणमा तीन फ्रान्सेली सैनिकको हत्यामा आफ्नो संलग्नता रहेको बताएको थियो ।

फ्रान्सले पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक बिद्रोही विरुद्धको आक्रमणमा नेतृत्व गरिरहेको छ । तर नाइजर र मालीसहितका देशमा आदिबासी हिंसा, मानव तथा लागुऔषध तस्करी तथा डाँकुबाट हुने हिंसा रोकिएको छैन ।

नाइजरका दुई गाउँमा भएको पछिल्लो आक्रमण त्यहाँको सरकारले फ्रान्सको आरएफआई समाचार संस्थालाई पुष्टि गरेको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’