एक-अर्काविरुद्ध नेकपा दुई खेमाका भेलाले पाए निरन्तरता

एक-अर्काविरुद्ध नेकपा दुई खेमाका भेलाले पाए निरन्तरता
+
-

काठमाडौँ – नेकपाका दुई खेमाले आइतबार पनि एकअर्काविरुद्ध भेला तथा प्रशिक्षणहरु जारी राख्ने भएका छन्।

संसद विघटनसँगै राजनीतिक रुपमा विभाजित नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल खेमाले राजधानीलगायत मुलुकभर एकअर्काविरुद्ध भेला आयोजना गर्ने भएका छन्।

ओली खेमाको अनेरास्ववियु केन्द्रीय कमिटिले आइतबार दिउँसो १२ बजे कार्की व्याङ्केट बबरमहलमा बृहत् कार्यकर्ता भेला आयोजना गर्दैछ ।

उक्त भेलालाई ओलीले सम्बाेधन गर्ने कार्यक्रम छ। ओलीले शनिबार काठमाडौँ जिल्ला कमिटिद्धारा आयोजित बृहत भेलालाई प्रज्ञा प्रतिष्ठानमा सम्बाेधन गरेका थिए।

जहाँ उनले प्रचण्ड–नेपाल खेमप्रति कटाक्षमा करिब डेढ दुई घण्टा बिताएका थिए। आइतबार नै प्रचण्ड–नेपाल खेमाले साँझ पाँच बजे अन्तरक्रिया गर्दैछ।

जहाँ नेता नेपाल, भीम रावल र वर्षमान पुनले सम्बाेधन गर्दैछन्। यो खेमाले शनिबार ओलीको संसद विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलन स्वरुप एक महिने संघर्षका कार्यक्रम घोषणा गरेको थियो।

पार्टीमा एक्लिएपछि आफ्नो पद जोगाउन ओलीले यही पुस पाँच गते संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका थिए।

राष्ट्रपति भण्डारीले तत्कालै त्यसलाई अनुमोदन गरेकी थिइन्। त्योसँगै ३० महिना अघि एक भएको नेकपा राजनीतिक रुपमा विभाजित भएको थियो।

यसैबिच आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा दुवै खेमाले प्रमाणहरु पेश गरे पनि त्यो अपुग भएको भन्दै आयोगले उनीहरुलाई छुट्टाछुट्टै आवश्यक प्रमाण जुटाउन पत्राचार गरेको छ।

आयोगले शुक्रबार प्रचण्ड–माधव खेमालाई आधिकारिकताको मागदाबीका लागि कागजात केही अपुग भएको भनी पत्रमार्फत जानकारी गराएको हो।

यस्तै कानूनी प्रक्रिया पूरा गरेर निवेदन दिन पनि आयोगले यो पक्षलाई आग्रह गरेको छ। यता ओली खेमालाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न आग्रह गरेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’