धनगढी- सुदुरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा निर्माणाधीन सिटी हलको निर्माण कार्यले तीव्रता पाएको छ। अहिलेसम्म ८० प्रतिशत निर्माण कार्य भएको छ।
२४ करोडको लगातमा अण्डर ग्राउण्डसहितको सिटी हल धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भईरहेको छ । सोही ठाउँमा रहेको धनगढी नमुना प्राबिधिक माध्यामिक विद्यालयको जमिनमा सिटी हल निर्माण भैरहेको हो।
डेढ विगाहमा निर्माण भैरहेकोे सिटी हलका लागि धनगढी उपमहानगरपालिका र धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालय बीच १ करोड रुपैयाँ दिने सम्झौता भएको थियो।अण्डर ग्राउण्ड सहितको सिटी हलको तल ४ सय ५० वटा गाडी पार्किङ गर्न सकिने व्यवस्था रहेको शहरी विकासका साइड इन्जिनियर प्रमोद पन्तले बताए।
अहिले सिटी हलको पलाष्टर र ट्रसको काम भइरहेको छ’ उनले भने,–‘तोकिएको समयभन्दा अगाडी नै सक्ने लक्ष्यका साथ काम भइरहेको छ।’ कोरोनाका कारण निर्माण कार्यमा समस्या भयो, बजार बन्द थियो, कामदार पनि आएका थिएनन्, बालुवा गिट्टी समेत बन्द भएकाले काममा निकै समस्या भएको उनले बताए ।
सिटी हलमा दुई वटा हल रहेका छन्। जसमा एउटा हलमा ६ सय ५० र अर्कोमा २ सय ५० जना अटाउने क्षमताको रहेको छ। सिटी हलको निर्माण कार्य २०७६ माघबाट सुरु भएको थियो । निर्माण कार्यको जिम्मा पाएको रोयल कन्ट्रक्सनले दुई वर्षभित्र सिटी हल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण प्रसाद बरालले प्रदेशकै ठुलो सिटी हल भएकाले तोकिएको समयभन्दा अगाडी नै निर्माणको कार्य सकिने बताए।
धनगढीमा ठुलो कार्यक्रमको आयोजना गरेपनि सिटी हल थिएन’ उनले भने- ‘यो गौरवको आयोजना हो, सुविधा सम्पन्न सहितको हल बनेपछि सवैलाई ठुला ठुला कार्यक्रम गर्न सहज हुनेछ।’
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले यो योजना प्रदेशकै ठुलो योजना भएकाले सबैको चासो रहेको बताए। ‘धनगढी हाल प्रदेशको राजधानी संगै प्रदेशको प्रमुख शहर भएकाले ठूलो हलको आवश्यकता थियो’नगरप्रमुख वडले भने-‘यसै आवश्यकतालाई पुरा गर्न यो सिटी हल निर्माण गरिएको हो, यो निर्धारीत सकयमै निर्माण सम्पन्न भई संचालनमा आउँछ।’




भर्खरै
लोकप्रिय






































































































































































































