शहरी विकासमन्त्री प्रभु साह भन्छन्ः सरकारको बजेट मठमन्दिरमा खर्च हुनु दुःखद्

शहरी विकासमन्त्री प्रभु साह भन्छन्ः सरकारको बजेट मठमन्दिरमा खर्च हुनु दुःखद्
+
-

जनकपुरधाम– शहरी विकासमन्त्री प्रभु साहले प्रदेश सरकारले मन्त्रालयको अधिकांश बजेट मठमन्दिरमा लगाउनु दुःखद् रहेको बताएका छन्।

उनले प्रदेश २ सरकारका सबै मन्त्रालयहरुले अधिकांश ठाउँहरुमा मन्दिर निर्माण, कम्पाउण्ड निर्माण, पोखरी सौन्दर्यीकरण, समुदायिक घर निर्माण लगायतका काम गरिरहेकोप्रति दुःख व्यक्त गरे। उनले स्थानीय तहहरुमा समेत नगरस्तरीय र वडास्तरीय योजनाहरु एकै किसिमको रहेको बताए।

जनकपुरधाममा आइतबार संघीय सरकार अन्तर्गतका आयोजनाहरुको कार्यान्वयनमा देखिएको समस्या समाधानका विषयमा सम्बन्धित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले देशका पुराना शहरहरुलाई समेत व्यवस्थित बनाउन आफू लागिपर्ने बताए। राज्यका संरचनाहरुलाई एक्टिभ बनाउन आवश्यक भौतिक पूर्वाधारहरु सरकारको पहिलो प्राथमिकतामा रहेको समेत उनले बताए।

उनले तीन वटै तहका सरकारले आ–आफ्नो कार्यक्षेत्रको हिसाबले काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले केन्द्रले गर्नुपर्ने काममा प्रदेश सरकार र प्रदेश सरकारले गर्नुपर्ने काममा केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने बताए।

मन्त्री साहले जनकपुरधाम प्रदेशको राजधानी बन्ने निश्चित रहेकोले यहाँस्थित बसपार्क साँघुरो हुने बताउँदै उनले बसपार्कको जग्गा सम्बन्धी विवादलाई सरोकारवालाले समाधान गरे शहरी विकास मन्त्रालयले यथाशीघ्र बसपार्क निर्माण गर्न अग्रसरता देखाउने प्रतिवद्धता समेत जनाएका छन्।

प्रदेश–२ मा जनता आवास कार्यक्रम लथालिङ्ग अवस्थामा रहेको बताउँदै मन्त्री साहले भौतिक प्रगति शून्य रहेको जिकिर गरे। साथै उनले गरिबको झुपडी निर्माण गर्नका लागि आएको बजेट पनि फ्रिज हुनु दुःखद् रहेको बताए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’