
काठमाडौँ–भक्तपुरका गठ्ठाघरमा मंगलबार अपरान्ह ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।
काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६७८ नम्बरको एलपी ट्रकले सोही दिशातर्फ गइरहेको बा ८२ प ९७३७ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।
सुर्यविनायक नगरपालिका–६ दधिकोटका स्कुटी चालक ५८ वर्षीय नरहरी न्यौपाने ट्रकको पछाडिपटीको चक्का मुनी परेर गम्भिर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।