जनकपुरधाम-सिरहामा जाडो छल्न बालिएको आगोबाट जलेर एकजना बालकको मृत्यु भएको छ।
मिर्चैया नगरपालिका वडा नं. ७ मौरहा टोलमा बुधबार एक घरमा आगलागी हुँदा आठ वर्षीय बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मो.रफिक राइनका ८ वर्षीय छोरा जाबीर राइन रहेको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए।
उनले भने, ‘जाडो छल्न उनीहरुले घुर लगाएका थिए । घुर लगाएर परिवारसहित काममा गएको र सोही बेला घरमा आगलागी भएपछि घरमै सुतिरहेका बालक भाग्न नसकेपछि जलेर मृत्यु भएको छ।’
आगलगीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने घरमा रहेको खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको सिरहा प्रहरीले जनाएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































