काठमाडौँ– मानव अधिकारवादी कृष्ण पहाडीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले पनि भुल स्वीकार गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनको अवैधानिक एवं प्रतिगामी कदमविरुद्ध नेकपा दाहाल–नेपाल समूहले नागरिक समाजसँग गरेको अन्तरक्रियामा पहाडीले यस्तो बताएका हुन्।
ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक रहेकोमा पहाडीले जोड दिए।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री केपी ओलीले संविधानको उल्लंघन गरेको बताए। कसैको सनकको भरमा संविधान उल्लंघन गर्न नमिल्ने उपाध्यायको भनाइ छ।

संविधान मिचेको टुलुटुलु हेरेर बस्न नसकिने उनले बताए।
राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा देशमा जनता असहजतामा बाँचिरहेको बताइन्।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीले प्रधानमन्त्री ओली अव्यवहारिक व्यक्तिहरुबाट घेरिएको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































