कुसंस्कारविरुद्ध आमाहरुको खबरदारी

कुसंस्कारविरुद्ध आमाहरुको खबरदारी
+
-

दाङ – सुनिता रैदासको बिहे १७ वर्षकाे उमेरमै भयो । १८ वर्ष पुग्दा आमा बनिन्। रैसादले कखरा चिन्न पाइनन् । उतिबेला पढ्न पाएको भए अहिले हिसाबकिताब गर्न सक्ने अवस्था हुन्थ्यो तर, आफूले पढ्न नपाए पनि छोराछोरीलाई भने पढाएकी छन् ।

‘सानैमा बिहे भयो । उतिबेलाको चलन त्यहीँ थियो । सानैमा अर्काको घरमा जाँदा अप्ठ्यारो भयो’, रैदासले आफ्नो विगत सम्झँदै भनिन्, ‘आफूले भोगेको जस्तै दुःख अरुले भोग्नु नपरोस् भन्ने लाग्छ । त्यहीँ भएर गाउँ घरमा बालविवाह गर्न दिँदैनौँ।’

रैदास लगायत गाउँका महिलाहरु स्वालम्बन समूहमा संगठित भएका छन्। यहीँ समूह मार्फत गाउँ समाजका कुरीति, कुसंस्कारविरुद्ध आमाहरुले खबरदारी थालेका हुन्।

पहिलो खबरदारी घरबाटै सुरु भएको छ । गाउँको सार्वजनिक काम र सरोकारको विषयमा महिलाहरुलाई नबोलाउने अथवा जान पर्दैन भनेर पञ्छ्याउने गरिन्थ्यो । तर, अहिले गाउँको सार्वजनिक काम र सरोकारमा महिलाहरु घर–घरबाट निस्कने गरेका छन्।

उनीहरुले गाउँ समुदायमा महिला सशक्तिकरणको अभियान चलाएका छन्।

‘बैठक, भेलाहरुमा जान पर्दैन भनिन्थ्यो । हामी त घर भित्रै हुन्थ्यौँ । तर, अहिले बैठकमा जाने, आफ्ना समस्याहरु सुनाउने गर्छाैं’, राजपुर–४ दुलैयाकी शिला बस्नेतले भनिन्, ‘हाम्रो गाउँ समाजको वातावरणले पनि प्रगतिमा बाधा पुर्‍याउँदो रहेछ भन्ने अहिले आएर महसुस गरेको छु । महिलालाई घरधन्दामा सीमित गर्नाले हाम्रो प्रगति हुन नसकेको हो । अहिले त हामी अघि सरेका छौँ।’

समूहमा आवद्द महिलाहरुले मासिक बचत गर्ने, ऋण परिचालनको साथ साथै समाज रुपान्तरणको अभियान पनि चलाएका छन्। ‘बालविवाह गर्ने चलन अझै छ । यो चलनलाई कानुनले पनि रोकेको छ । त्यही कुरा भन्दै गाउँमा हिँड्छौँ’, बस्नेतले भनिन्, ‘हाम्रो कुरा पहिला सुनिदैनथ्यो । अहिले वडा र गाउँपालिका सम्म सुनाउन सक्ने भएका छौँ।’

गाउँको सार्वजनिक काम सरसफाई, कुरीतिविरुद्ध सडक नाटक समेत मञ्चन गरिएको छ । यो काममा महिलाहरु अघि सरेका हुन् । राजपुर गाउँपालिका मानव विकास सुचांकमा पछाडि छ । महिलाहरु अझै पनि पछाडि छन्।

आर्थिक आयस्थिति कमजोर छ। सामाजिक पछौटे पन छ । यी समस्या समाधान गर्दै राज्यको मुलधारमा ल्याउन दीगो तथा मर्यादित आर्थिक सामाजिक सशक्तिकरण(सिड्स) कार्यक्रम लागू भएपछि महिलाहरु संगठित रुपमा सशक्तिकरणको अभियानमा सहभागी भएका हुन्।

यो परियोजना कार्यान्वयन गर्न राजपुर गाउँपालिकासँग समन्वय गरिएको छ। ‘समाजमा अहिले पनि विभेद, अन्धविश्वास, कुरीति, कुसंस्कार जस्ता समस्या छन्।

यी समस्य समाधान नहुँदा सम्म हामीले अन्य विकास गर्न सक्ने अवस्था रहँदैन । त्यसैले पहिलो कुरा समुदायमा रहेका समस्याहरु समाधान गर्न महिलाहरु नै सक्रिय हुनुभएको छ’, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भने, ‘पछौटेपनको अन्त्य गर्न त्यहीँ क्षेत्रबाट भैरहेको खबरदारी अनुकरणीय छ ।’

आर्थिक, सामाजिक रुपमा महिलाहरु पछाडि परेकाले उनीहरुको जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको उपाध्यक्ष धनपति यादवले बताइन्।

‘महिलाहरु अझै पनि घर भित्र सीमित रहने अवस्था छ । कतिपय ठाउँमा महिलाहरु समूह, संगठनमार्फत अघि बढ्नु भएको छ । यो राम्रो र सकारात्मक विषय हो’, उनले भनिन्, ‘हामी पनि चाहन्छौँ हाम्रो समाज विकसित भएको, सशक्तिकरण भएको । यो काममा महिलाहरु स्वयम् अघि बढ्नु भएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?