व्यङ्ग्य गजल

वैशाखमा कि मंसिर?

वैशाखमा कि मंसिर?
+
-

कहिले घुम्ने फेरो सात वैशाखमा कि मंसिर
कहिले गाँस्ने दुना पात वैशाखमा कि मंसिर।।

लगन जुराएँ अर्कै महिना भाइले फुक्यो अर्कै
कहिले किन्ने लुगा खात वैशाखमा कि मंसिर।।

बाहिर फुत्क्यो भित्रि गाँठो अक्कल बुझे अब
सम्धीलाई ख्वाउने भात वैशाखमा कि मंसिर।।

सेल कसार गुलियो ख्वाउन अँध्यारोमै ठिक
रत्यौली खेलाउने रात वैशाखमा कि मंसिर।।

निम्तो सबै बाँडि सकियो बिहेको छैन ठेगान
खाइने होकी घोडे लात वैशाखमा कि मंसिर।।

नसक्ने भए हल्ला चलाइ गाउँले किन ढाँट्नु
आफ्नै जातले गर्ने घात वैशाखमा कि मंसिर।।

बिहेको कुरा निकाल्दा अड्डामा ठोके नालीस
अड्डामा नै मिलाउँ हात वैशाखमा कि मंसिर।।

थन्काइ मन्काइ गर्ने होकी झोल पानी सितन
जिब्रो चिलाइ लाग्छ मात वैशाखमा कि मंसिर।।

कतिको चिप्लियो खान्की बोली बिराइ ‘बिष्णु’
धने साहुलाई लाग्छ बात वैशाखमा कि मंसिर।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?