असनको अन्‍नपूर्ण नारायण मन्दिरले पायो पहिलोपटक महिला पुजारी

असनको अन्‍नपूर्ण नारायण मन्दिरले पायो पहिलोपटक महिला पुजारी
+
-

काठमाडौँ- गुठी संस्थानले असनको अन्‍नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरेको छ।

गुठी संस्थानले अन्‍नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि नियुक्त गरेको हो।

पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमा खुसी व्‍यक्त गर्दै भनेकी छिन्, ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने गुठी संस्थानमा रहेनछ। तर मैले उहाँहरुलाई किन हुँदैन त भन्‍ने प्रश्‍न राख्दा महिला पुजारी हुन मिल्दैन भन्‍ने जवाफ पाएँ। तर पनि प्रयास गरिरहेँ। आज नियुक्ति पत्र पनि पाएँ।’

उनले पुर्खाले गर्दै आएको परम्परालाई आफूले जितेको बताउँदै भनेकी छिन्, ‘सधैँ छोरालाई मात्रै पुजारीको अधिकार दिइन्थ्यो।आज मैले यो परम्परालाई जितेँ। मेरो पुर्खा पक्‍कै पनि खुशी हुनेछन् होला।’

कुनै पनि महिलालाई पुजारी नियुक्ती गर्ने नियम गुठी संस्थानमा रहेनछ तर मैले वहॉहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा…

Posted by Sahanshila Sharma on Thursday, 28 January 2021

 

उनले आफू नेपालकै पहिलो महिला पुजारी भएको दाबी गर्दै आफैलाई प्रश्‍न गरेकी छिन्। उनले भनेकी छिन्, ‘ सायद म नेपालकै पहिलो महिला पुजारी नियुक्त भएको हो कि? अरु कोही हुनुहन्छ। थाहा भएन।’

गुठी संस्थानले शर्मालाई दरबन्दी अनुसारको नित्‍य र पर्वपूजा बापतको खर्च पाउने व्‍यस्था समेत मिलाएको नियुक्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?