ट्राफिक प्रहरी महाशाखाले थाल्‍यो प्रहरी आचरण सुधार अभियान

ट्राफिक प्रहरी महाशाखाले थाल्‍यो प्रहरी आचरण सुधार अभियान
+
-

काठमाडौँ-महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ। महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मूल्याङ्कन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुआत गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग सभ्य, शिष्ट र पारदर्शीरूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उक्त कार्यक्रमको लक्ष्य छ । यसका साथै नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागू गरिएको एसएसपी भट्टराईले जानकारी दिए।

एक सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरी प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासनलगायत विषय समेटिएका छन् ।

प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुईलाई वृत्ति विकासमा जनिने गरी नगद पुरस्कार एवं सम्मान गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।

यसले आमसेवाग्राही एवं सडक प्रयोगकर्तालाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?