अद्भुत खगोलीय घटना, आकाशमा हरायो एउटा तारा

अद्भुत खगोलीय घटना, आकाशमा हरायो एउटा तारा
+
-

मंगलबार राती आकाशमा एउटा दुर्लभ खगोलीय घटना भयाे । आकाशमा रहेको  एउटा तारा एक सेकेण्डका लागि विलुप्त भयो।

पृथ्वीबाट ७७.५ प्रकाशवर्ष टाढा रहेको एउटा  तारामण्डललाई ”अल्फ़ा लियोनिस” (α Leonis या α Leo) भनिन्छ।   हिन्दूहरुले  यसलाई सिंह तारामंडल भन्छन्।  यस तारामण्डलमा  अहिलेसम्म  ज्ञात हुन आएका ९२ वटा तारा रहेका छन्। यी मध्ये १५ वटा तारा अत्याधिक चम्किला छन् अर्थात  यस मण्डलका प्रमुख तारा झै रहेका छन्।

आधुनिक खगोल विज्ञानले सम्पूर्ण आकाशलाई ८८ वटा विभिन्न  ‘कांस्टीलेसन’मा विभाजित गरेको छ। लियो  तारामण्डलमा रहेका तारालाई  एउटा रेखाले जोडी हेर्दा सिंहको आकृति बन्न आउँदा  यसको नाम सिंह तारामण्डल रहन गएको हो।

सिंह तारामण्डलमा दुइटा ठूला तारा छन –  मघा अथवा  ‘रेगुलस'(Regulus )।  यसै तारालाई अरबीमा “क़ल्ब अल-असद” (قلب لأسد‎) भनिन्छ  अर्थात  सिंहको  मुटु । यस मण्डलको दोश्रो तारा हो ‘बीटा लियोनिस’ (β Leonis या β Leo)  हिन्दूहरुले यसलाई उत्तर फाल्गुनी भनी बोलाउँछन्।  उत्तर फाल्गुनी पृथ्वीबाट देखिने ६१ ओ नम्बरको  चम्किलो तारा हो र यो पृथ्वीबाट ३६ प्रकाशवर्ष टाढा स्थित रहेको छ ।

सिंह तारामण्डलको सबैभन्दा चम्किलो तारा मघा हो। प्रथ्वीबाट ७७.५ प्रकाशवर्ष टाढास्थित यो तारा रात्रिकालीन आकाशको २२ओ नम्बरको चम्किलो तारा हो। वास्तवमा मघा एउटा तारा नभएर दुइटा ‘द्विसंगी तारा’ (binary star  system  )  हो अर्थात चारवटा ताराको समूह हो। पहिलो  ‘द्विसंगी तारा’लाई   मघा ‘ए’ (Regulus A) र  दोश्रो ‘द्विसंगी तारा’लाई मघा ‘बी’ (Regulus B)  भनिन्छ । द्विसंगी ताराको खोज गर्ने श्रेय गैलीलियोलाई प्राप्त छ।  उनले सन १६१६ मा पहिलो पटक द्विसंगी तारा को खोज गरेका थिए। यस्ता ताराहरु एक अर्को ताराको परिक्रमा
गरिरहेका हुन्छन्। बिलियम हर्शेल नामक खगोलशास्त्री ले यस्ता ७०० भन्दा बढी द्विसंगी ताराको खोज गरेका थिए।

हिन्दू ज्योतिषी परम्परामा मघा तारालाई मघा नक्षत्र मानिन्छ।  ज्योतिष  परम्परामा २७ वटा नक्षत्र मानिन्छन।  मघा नक्षत्रलाई नक्षत्रमण्डलमा दशौ स्थान प्राप्त छ। मघा नक्षत्रका चारवटै चरण सिंह राशिमा गणना  गरिन्छन। यस नक्षत्रको स्वामी केतु हो र यसको राशिको स्वामी सूर्य हो।  ज्योतिष  परम्परामा यस नक्षत्रमा जन्मिएका जातकको स्वभाव जिद्दी  र यिनको जिउको बनौट मध्यम  आकारको अर्थात ५ फीट ६ इन्चको
हाराहारीको  हुने  दावी समेत गरिन्छ।

हिजो अर्थात  ९ मार्चको रात्रि एक सेकेण्डका लागि मघा तारा प्रथ्वीबाट हेर्दा विलुप्त भएको थियो ।  एक सेकेण्डका लागि घटित भए पनि  हिजो राति घटेको घटना  ब्रह्माण्डमा घटित भएको दुर्लभतम घटना हो।

भारतीय तारा भौतिकी संस्थानका पूर्व प्रोफेसर रमेश कपूरका अनुसार हिजो राति भएको घटना सूर्यको परिक्रमा गरिरहेको एउटा क्षुद्रग्रह (ऐस्टेरॉयड ) ‘डैनियल’ले   मघा तारालाई  छेकेका कारण भएको थियो। यसले गर्दा  एक सेकेण्डका लागि मघाबाट आउने प्रकाश छेकियो  र प्रथ्वीबाट एक सेकेण्डका लागि मघा तारा  ओझल हुन गयो।

‘डैनियल’ नामक ऐस्टेरॉयडको खोज २२ अगस्त सन १९७९ मा भएको थियो।  ऐस्टेरॉयडले पनि अन्य खगोलीय पिण्डका भाँती सूर्यको परिक्रमा गर्छन। ‘डैनियल’ले सूर्यको एउटा परिक्रमा ४.८९ वर्षमा पूरा गर्छ।   ‘डैनियल’को आकार ९.४ किमी रहेको छ। खगोल विज्ञानको ज्ञात इतिहासमा यस्तै घटना २० मार्च सन २०१४ को रात्रि  भएको वर्णन  पाइन्छ।  त्यसदिन  एउटा अर्को ऐस्टेरॉयड ऑरिगोनले छेकेर मघा तारा १४ सेकेण्डका लगी प्रथ्वीबाट ओझल बन्न गएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?