माओवादी केन्द्रले दियाे गृहमन्त्री बादलसहितलाई २४ घण्टे अल्टिमेटमसहित सरकारबाट फिर्ता हुन निर्देशन

माओवादी केन्द्रले दियाे गृहमन्त्री बादलसहितलाई २४ घण्टे अल्टिमेटमसहित सरकारबाट फिर्ता हुन निर्देशन
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा रहेका ६ मन्त्रीलाई मन्त्रीपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

उसले उनीहरुसँग २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न अल्टिमेटम पनि दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्र रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो ।

बैठकले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु माओवादी केन्द्रका नेता हुन् । तर एमालेले उनीहरुलाई शुक्रबारमात्रै पार्टीको जिम्मेवारी पनि दिएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।

एमाले अध्यक्ष ओलीतर्फ लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माओवादी केन्द्रले भनेको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ ।

माओवादी केन्द्रको स्थायी समितिले गरेका निर्णयहरु यस्ता छन्ः

गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलाउने

ओलीसँगै रहेकालाई दल त्याग गर्ने या पार्टीमा फिर्ता हुने? विषयमा २४ घण्टा भित्र स्पष्टिकरण माग्ने

आइतबार केन्द्रीय समिति बैठक बस्ने

चैत २ गतेको राष्ट्रिय भेला अर्को सूचना नहुँदासम्म स्थगित गर्ने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?