
काठमाडौँ – काठमाडौँ उपत्यकाको मुख्य शहरका केही क्षेत्रहरु अहिले रंगिन भएका छन् । वसन्त ऋतुको आगमनसँगै सडक छेउ तथा शहरका विभिन्न पार्कहरुमा लगाएका चेरी फुलेका छन् ।
विशेष गरि तीनकुनेहुँदै त्रिभूवन विमानस्थल जाने बाटोको किनार तथा भृकुटिमण्डप क्षेत्र अहिले रंगिन छ । गुलाबी, राता, छिरकेमिर्के तथा सेता चेरीका फूलहरुले सो क्षेत्र गुल्जार छ ।
चेरीका फूलहरुले फूल तथा नयाँ पालुवाहरुको मौसम बसन्त ऋतुलाई अति सुन्दर रुपमा स्वागत गर्छन् हरेक वर्ष । फूलको सुन्दरतामा आफ्नो तस्बिर लिनेहरु पनि अहिले यी क्षेत्रमा देखिन्छन् ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले शनिबार चेरी फूलले रंगिएको काठमाडौँको केही तस्बिर खिचेकी छन् ।