
सिमकोट – एक सातादेखि अवरुद्ध रहेको हुम्लाको इन्टरनेट सेवा सञ्चालन भएको छ।
दैलेख र कालिकोट जिल्लाको सिमाना महाबु लेकमा रहेको नेपाल टेलिकमको टावर तथा वल्र्डलिंकको जुम्लाको डाँफे लेकमा बिग्रिएको टावर मर्मत भएपछि एक हप्तापछि अवरुद्ध इन्टरनेट सेवा सुचारु भएको हो।
एक हप्तापछि अवरुद्ध इन्टरनेट सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। यद्यपि विद्युत नियमित नहुँदा इन्टरनेट सञ्चालन गर्न कठिन हुँदै आएको छ।
इन्टरनेट नहुँदा सबै क्षेत्र प्रभावित भएका थिए। यो अवधिमा फोर जी सेवाले भने सुस्त गतिमा काम गरेको थियो। हिमपातकाबीच निकै परिश्रम गरेर प्राविधिक टोली डाँफो लेकमै पुगेर टावर मर्मत गर्दा इन्टरनेट सुचारु भएको वर्ल्ड लिंक हुम्लाका प्रमुख रामजन रावतले बताए।
वर्ल्ड लिंकको इन्टरनेट सेवामा एक हप्तादेखि खराबी आउँदा बन्द रहेको सिटिजन्स बैंक शुक्रबार दिउँसोबाट सुचारु भएपछि एक हप्ता पाँच दिनअगाडि काटेको चेक बल्ल साट्न पाएको सेवाग्राही रामचन्द्र रोकायाले बताए।