अपोलो ११ मिसनका अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन

अपोलो ११ मिसनका अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन
+
-

अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन भएको छ । चन्द्रमामा पहिलो पाइला टेक्ने अपोलो ११ मिसनका सदस्य रहेका कोलिन्सको बुधबार ९० वर्षको उमेरमा निधन भएको हो । उनको परिवारका सदस्यले निधनको पुष्टि गरेका छन् ।

कोलिन्सको परिवारले भनेको छ, ‘उहाँ लामो समयदेखि क्यान्सरसँग निकै बहादुरीका साथ लडिरहनु भएको थियो तर बुधबार निधन भयो । उहाँले जीवनका अन्तिम दिन शान्तिका साथ परिवारजनसँग बिताउनु भयो ।’

अपोलो मिशनको क्रममा कोलिन्स चन्द्रमाको कक्षमै रोकिएका थिए । उनका साथीहरु नील आर्म्स्ट्रङ्ग र बज एल्ड्रिन भने चन्द्रमाको सतहमा उत्रिएका थिए ।

अपोलो ११ मिशनका ९१ वर्षका एल्ड्रिन मात्रै अब जीवित छन् । साथी कोलिन्सलाई श्रद्धाञ्जली दिँदै एल्ड्रिनले भनेका छन्, ‘प्रिय माइक, तिमी जहाँ छौ र रहे पनि तिम्रो उर्जा सधैँ हामीलाई भविष्यमा नयाँ उचाई छुनका लागि प्रेरित गरिरहने छन् । तिम्रो खुब सम्झना आउने छ । ईश्वर तपाईँलाई शान्ति प्रदान गरुन् ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?