
सिमकोट – निषेधाज्ञा सुरु भएसँगै हुम्लामा खाने तेलको मूल्य वृद्धि भएको छ।
बाहिरबाट आयात नभएको मौका छोपी व्यापारीले एकाएक तेलको मुल्यवृद्धि गरेका हुन्।
व्यापारीहरुले धारा तेलको लिटरकै चार सय सम्म असुल्न थालेका सिमकोट गाउँपालिका ७ का स्थानीय मन्दिर सिंहले गुनासो गरे।
यसअघि धारा तेल प्रतिलिटर तीन सय रुपैयाँ पर्ने गरेको थियो।
यस्तै प्रतिलिटर २४० रुपैयाँ पर्ने स्वस्तिक तेलको मूल्य पनि बढाएर २८० पुर्याइएको उनले बताए।