
विश्वास मान भनि गरे कर उता तिर
अविश्वासको अझै बाँकी डर उता तिर।।
बाख्रालाई उपिँयाले छाड्ने बखत आयो
बन्धु बान्धव आफ्ना जति पर उता तिर।।
वर्ण शङ्कर हुन थाल्यो छ्यासमिस भइ
नाम चाहिँ आफ्नो र्पयो थर उता तिर।।
देखाए झण्डा गाडी लोभ लालच कति
नौलो महल डेरा डण्डा घर उता तिर।।
च्याउँदै छन् अरु अझै घाँटि तानि तानि
पासो फिँजाइ मकै दाना छर उता तिर।।
घुँडा खुम्चाइ डल्लो परि सुत गुम्सिएर
ठाउँ पाए गोडा तन्काइ सर उता तिर।।
छोपे जति फुत्कि जाने गाँठी कुरा उता
कति बाठा नकाव धारी चर उता तिर।।
बाँदरले भत्काउँछ रे गुँड जस्को पनि
जति सक्दो भाँड भैलो गर उता तिर।।
झरि वर्षा यस्पालिको कटाउँ कसो गरि
चुहिने धुरि मार्न खोज्दा खर उता तिर।।
ढक तुलो ठिक्क पारे वजन जान्नलाई
भ्यागुताको धार्नि पुग्न भर उता तिर।।