व्यङ्ग्य गजल

लगन जुर्‍यो कात्तिकमा

लगन जुर्‍यो कात्तिकमा
+
-

पुत्ला बोक्ने राँके भूतको टोली उता तरफ
कोरोना भनि निषेधको गोली उता तरफ।।

अड्डामा खेले देउसी खान्की मागी मागी
भट्याउँदै गाउँदै थापे झोली उता तरफ।।

भाले जुधाइ फेरि पनि बाजी मार्ने कस्ले
जित्ने चाहिँ खेल्न तयार होली उता तरफ।।

सल्लाह साउती चलेन आफ्नै घरमा पनि
ओठ चल्छ यता तिर बोली उता तरफ।।

ब्याइते घर निकाला ल्याइते चाहिँ हावी
आफू त एकल भइयो जोली उता तरफ।।

जता जता काफल पाक्यो उतै चरी नाच्यो
आज हाजिर यता भए भोलि उता तरफ।।

घरको न घाटको हुँदा भोकै बसुन् कति
दाना पानी मागी थापे सोली उता तरफ।।

दान पाएको चिथ्रो टाल टुल पारौँ भन्दा
सिउँदै जाँदा च्यातियो चोली उता तरफ।।

खुइलिएको पात्रो हेरे पाना पल्टाइ पल्टाइ
लगन जुर्‍यो कात्तिकमा डोली उता तरफ।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?