
काठमाडौँ– नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।
बैठक भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
मंगलबार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो।
पार्टी विभाजनतर्फ उन्मुख भइरहेका बेला एमालेका दोस्रो तहका नेताहरुबीचको छलफलले तीव्रता पाएको छ।