नहरमा आएको बाढीले घर डुबानमा

नहरमा आएको बाढीले घर डुबानमा
+
-

गण्डकी – दुई दिनदेखि लगातारको वर्षासँगै नहरमा अव्यवस्थित रूपमा आएको पानीले पोखरा महानगरपालिका—३२ का विभिन्न स्थानमा घर डुबानमा परेका छन्।

पोखरा महानगरपालिका—३२ टाँडी र कालिका चोकका झण्डै २० घरमा पानी पसेको छ।

पानी पसेका कारण कतिपयको घरमा धानलगायत खाद्यान्न सामग्री पनि भिजेको छ। कालिका चोकमा पानी जमेर तालजस्तै बनेको र खुदी खोलाको किनारा भत्काउन थालेको बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा –३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए।

समितिको सक्रियतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा समस्या भएको उनले बताए।

उनका अनुसार विगतमा अनियन्त्रित रूपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक इस्टिमेट गरिए पनि त्यसलाई कार्यान्वयनमा नल्याउँदा समस्या भएको हो।

नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइजस्तो नभएर खहरे खोलाजस्तो बन्दा बर्सेनि समस्या बढीरहेको स्थानीय युवा नवराज घिमिरेले बताए।

टाँडी र आसपास क्षेत्रमा बर्सेनि अव्यवस्थित नहरका कारण समस्या बढिरहेको भन्दै उनले यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल चासो दिनुपर्ने आवश्यकता औंल्याए।

समितिकै पहलमा पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजान काम थालिए पनि अहिलेलाई बजेट अभावले उक्त काम पूरा नहुने देखिएको लामिछानेको भनाइ छ।

गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यस क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागबाट नाला गहिरो बनाएर कोत्रेसम्म पुर्‍याउनुपर्ने टड्कारो आवश्यकता रहेको स्थानीय बताउँछन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष