
काठमाडौँ – बोधीसत्व बिहार बूढानीलकण्ठले सामुदायिक स्वास्थ्य सेवा परिषद् स्वयम्भूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
विश्वमा कोभिड १९ को दोस्रो भेरियन्टका कारण मानव जगतलाई परेको असरमा यो समस्यासँग जुध्न बिहारका मास्टर र समाजसेवी शान्त शर्माले मुलुकका विभिन्न अस्पताल र सामाजिक संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गर्ने र हजारौं भोकालाई दैनिक भोजनको व्यवस्था गर्दै आएको बताए।
सोही सिलसिलामा शनिबार स्वयम्भूस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई पीपीई सेट, मास्क स्यानिटाइजर पञ्जालगायत अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको होे।