व्यङ्ग्य गजल

राति भयो आज

राति भयो आज
+
-

फुट्ने जुट्ने ठेगान पनि थाती भयो आज
एउटै थालमा मुख चोब्ने घाती भयो आज।।

डाक्टर झाँक्री सबै लागे व्यथा खुट्याउन
जिउमा आको लुतोफोका जाती भयो आज।।

बत्ति बाल मुलुक भरि ल्यायौँ हामीले भन्दा
दियो फुक्दै लेखोट पोल्ने साथी भयो आज।।

ह्याकुल्लो पिटि कुर्लिन्थे ढ्वाङ फुक्दा खेरि
फित्ताले नाप्दा भँगेराको छाती भयो आज।।

खान पाउँदा दुइटै हातले सोहोरि भरे थैली
हात पुछि दौरा सुरुवाल काती भयो आज।।

नभरेको बन्दुक पड्क्यो गोरु पनि व्यायो
टेबुलको मुङ्ग्रो ठोकाइ माथि भयो आज।।

पुत्ला भुत्ला अधिक जले हुन्थे एकै खालका
नयाँ रुपका पुत्ला बाल्ने ताँती भयो आज।।

जस्का खातिर नयाँ तन्त्र उस्ले पार्‍यो कुम्लो
गाउँघर जाँदा काला ध्वजा पाती भयो आज।।

नजर थियो डाँडा माथि जिल्ल पर्‍यो ‘बिष्णु’
घाम नडुब्दै दिउँसै किन राति भयो आज।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?