
अर्बपति जेफ बेजोसले अन्तरिक्षको छोटो यात्रा गरेका छन्। उनले आफ्ना कम्पनी ब्लू ओरिजनले निर्माण गरेको न्यू शेफर्ड यान मार्फत अरु तीनजनासहित अन्तरिक्षको यात्रा गरेका हुन्।
रेकट सिप न्यू शेफर्ड मार्फत अन्तरिक्षको यात्रा गर्नेमा बेजोससँगै उनका भाइ मार्क बेजोस, अन्तरिक्ष यात्राकी पायोनियर मध्येकी एक ८२ वर्षीया वाली फङ्क र १८ वर्षका विद्यार्थी ओलिभर डेयमन रहेका छन्।
उनीहरु सवार क्याप्सुलमा ठूलो झ्याल थियो, जसबाट पृथ्वीलाई नियाल्न मिल्ने बनाइएको थियो। १० मिनेट १० सेकेण्डको उडानपछि सो क्याप्सुल पुनः पृथ्वीमा अवतरण गरेको हो।
ब्लू ओरिजिनले अन्तरिक्ष पर्यटनका लागि विकास गरेको यान हो न्यू शेफर्ट। अमेजनका संस्थापक बेसोजले अन्तरिक्षको अनावश्यक दौडमा ठूलो रकम खर्च गरेको भन्दै आलोचना भएको छ।
सो रकम आफ्ना कर्मचारीको सेवा वृद्धि तथा जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि खर्च गरेको भए उपयुक्त हुने आलोचकहरुको भनाइ छ।
तर बेजोसले भने आफूसँग वातावरणमैत्री योजना रहेको र ठूलो उद्योगहरुलाई अन्ततः अन्तरिक्षमा स्थानान्तरण गरि पृथ्वीलाई सुन्दर बनाइ राख्न सकिने बताएका छन्।