भारतीय भूमि काशीमा नेपालको झल्को दिने ‘ललिता घाट’

भारतीय भूमि काशीमा नेपालको झल्को दिने ‘ललिता घाट’
+
-

जनकपुरधाम – भारतको उत्तर प्रदेशस्थित वाराणसीमा रहेको काशी विश्वकै करोडौँ हिन्दुहरुको आस्थाको केन्द्र हाे।

त्यहाँ गंगामा स्थान गर्न तथा काशी विश्वनाथ महादेवको दर्शन गर्न दर्शालु भक्तजनहरु पुग्ने गर्छन् । जीवनकालमा कम्तीमा एक पटक काशी जाने अधिकांश हिन्दुधर्मालम्बीहरुको आकांक्षा हुन्छ।

नेपालीहरु समेत काशी विश्वनाथ महादेवको दर्शन र गंगा स्नानका लागि जाने गर्छन्। धेरै जसो वृद्ध–वृद्धा आफ्नो जीवनको अन्तिम समयमा मोक्ष प्राप्त गर्न त्यहाँ नै बसोबास गर्ने गरेका छन्। काशी र नेपालको सम्बन्ध भने नयाँ होइन। यी दुवै स्थानबीच वर्षौँ पुरानो सम्बन्ध रहेको छ ।

भारतको उत्तर प्रदेशको वाराणसीस्थित काशीमा गंगाको विभिन्न ८० वटा घाट रहेको छ। त्यसमध्ये एक हो ‘ललिता घाट’। ललिता घाट अन्य घाट भन्दा फरक छ। नेपाली शैलीमा निर्माण गरिएको मन्दिरले यस घाटलाई अन्य घाट भन्दा फरक देखाउँछ। उक्त घाटमा सम्राजेश्वरी पशुपतिनाथको मन्दिर निर्माण गरिएको छ भने त्यहाँका पुजारी तथा त्यहाँ बसोबास गर्ने वृद्धाहरु समेत नेपाली नै रहेका छन्। त्यहाँ बसोबास गर्नेहरु नेपाली र मन्दिर नेपाली शैलीमा मात्र नभई त्यसको व्यवस्थापन समेत नेपाल सरकारबाट नै गरिएको हो।

दशाश्वमेध घाट र मणिकर्णिका घाटको बिचमा रहेको ललिता घाटलाई सुरुमा नेपाली घाट, राजराजेश्वरी घाट भनिँदै अए पनि कालान्तरमा ललिता देवी मन्दिरको नाउँले यस घाटको नाम ललिता घाट पर्न गएको हो।

यस घाटमा सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, गंगा केशव मन्दिर, ललिता गौरी मन्दिर अवस्थित छ। मन्दिरका पुजारी रोहित कुमार ढकालले घाटमा अन्य कैयौँ मन्दिर रहे पनि नेपाल सरकार र पुरातत्व विभागले ध्यान नदिँदा केही मन्दिरहरु अतिक्रमणमा परेको बताए ।

नेपालका तत्कालीन राजा रणबहादुर शाहले सन्यास लिएर काशीस्थित गंगा घाटमै केही वर्ष साधना गरेकोमा साधना पश्चात उनले घाट तथा मन्दिर निर्माणको कार्य सुरु गर्न लगाएका थिए। सन १८०० देखि १८०४ सम्म घाट तथा मन्दिर बनाउनका लागि निर्माण कार्य भए पनि निर्माण जारी नै रहेको समय उनको मृत्यु भएपछि काम राेकिएकाे थियो।

पछि तत्कालीन राजा राजेन्द्र वीर विक्रम शाहले मन्दिर तथा घाटको निर्माणको काम पूरा गरेका थिए। उनले सन १८४३ मा ती मन्दिरहरुको निर्माण कार्य पूरा गराउन लगाएका थिए। मन्दिर निर्माण गर्न नेपालबाटै काठ तथा कालीगड बोलाइएको थियो। मन्दिरको छेउमा धर्मशाला निर्माण गरिएको छ।

तर कालान्तरमा ललिता घाटको अस्तित्व नै समाप्त भयो। त्यस पश्चात मन्दिर तथा घाटको स्वामित्वका लागि विवाद सुरु भएपछि तत्कालीन काशी नरेश विभूतिनारायण सिंहले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई स्वमीत्व ग्रहण गर्नका लागि पत्र लेखेका थिए।
अहिले यस मन्दिर तथा घाटको नेपालको पुरातत्व विभागले रेखदेख गर्दै आइरहेको छ। पुरातत्व विभागले प्रत्येक ५ वर्षमा यस घाटका लागि संरक्षण समिति चयन गर्दै आइरहेको छ भने अहिले यस संरक्षण समितिका अध्यक्ष ओमकार नन्द गिरी हुन्।

घाटमा निर्माण गरिएको धर्मशालामा मोक्ष प्राप्तिका लागि नेपालको विभिन्न स्थानबाट १८ जना वृद्ध–वृद्धा बसोबास गर्दै आएका छन्। उनीहरुको खाना तथा बसाेबासको व्यवस्थापन मन्दिरले गर्दै आएको छ। यद्यपि केही मन्दिर तथा जग्गामा अरुले कब्जा गरे पनि नेपाल सरकारले यस तर्फ चासो नदिएको पुजारी ढकालले बताए।

उनले मन्दिर र घाटको संरक्षण नेपाल सरकारले गरे पनि बाँकी कब्जामा परेको जग्गालाई पुनः फिर्ता लिन नेपाल सरकारलाई भारत सरकारसँग समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताए। अहिले ललिता घाटको माथिलो भाग नेपाल सरकारको अधिनमा रहे पनि तल्लो भाग अरुको स्वामित्वमा रहेको छ।

यता भारतीय सरकारले विश्वनाथ करिडोर निर्माण अन्तर्गत ललिता घाटका लागि समेत अर्बौँको बजेट समेत छुट्याएको छ। पुजारी ढकालले भारत सरकारले ललिता घाटको सौन्दर्यीकरणका लागि ठूलै राशी खर्च गरिरहेको र आगामी दिनमा यसले ललिता घाटमा आउने पर्यटकहरुको संख्यामा बृद्धि हुने विश्वास व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?