बडिमालिकाको प्रचारका लागि साइकल यात्रा

बडिमालिकाको प्रचारका लागि साइकल यात्रा
+
-

धनगढी– सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्।

साइकल यात्री भारत विक्रम शाहसहित ११ जनाको टोलीले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले बडिमालिका यात्रा सुरु गरेको हो।

कैलालीबाट सुरु गरेको यात्रा टोलीले करिब चार दिनमा साइकल यात्राबाट बडिमालिका पुग्ने लक्ष्य लिएको छ। टोली बुधबार मार्तडी पुगेको छ भने यात्राको क्रममा विभिन्न स्थानमा क्याम्पिङ गर्दै स्वास्थ्य सामग्रीसमेत वितरण गर्ने योजना बनाएको निसर्ग हस्पिटलका सञ्चालक कुवेर शाहीले जानकारी दिए।

‘बडिमालिका माताको दर्शन यात्रासँगै इतिहासमै पहिलो पटक साइकलसहित बडिमालिका पुग्न हाम्रो टोली बाजुराको मार्तडी पुगेको र समग्र सुदूरपश्चिमको पर्यटनलाई हाम्रो साइकल यात्राले थप उचाइमा पुर्‍याउने छ,’ शाहीले भने।

४२०० मिटरको उचाईमा रहेको बडिमालिका सुदूरपश्चिमको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो।

साइकल यात्राबाट पनि बडिमालिका पुग्न सकिन्छ र हाइ अल्टिच्युडमा साइकल खेलसमेत गर्न सकिन्छ भन्ने जनमानसमा सकारात्मक सन्देश जाओस् भन्ने हेतुका साथ यात्रा सुरु गरेको उनीहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?