एकतावादी तटस्थवादी!

उहाँहरुले नाटक बन्द गरे हुने

उहाँहरुले नाटक बन्द गरे हुने
+
-

युवराज संग्रौला –

एकतावादी तटस्थवादी!

उहाँहरुले नाटक बन्द गरे हुने।

जता मन लाग्छ तेता जानुहोस्, नाटक बन्द गर्नुहोस्। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा विकास होस् भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले। एमाले फुट्यो, मानिसहरुले नचाहँदै पनि। यो फुट्नुमा अहिले तटस्थवादीहुनेको भूमिका सानो छैन।

स्वयम तपाईँहरुलाई थाह छ। तर तपाईँको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोलि पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ! थोरै, यो जनता र देशका लागि हो!

१. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाई हौस्याउने तपाईंहरु होइन? नेपाल-खानालले ठिक गरे गरेनन् इतिहासले मुल्यांकन गर्छ। उनीहरुले गलत गरेको लाग्छ भने तपाईँहरु चुपचाप एमालेमा बस्नुहोस् न। के तपाईँहरुलाई नेपाल खनालले धम्क्याए? त्यसो हो भने पुलिसमा जाहेरी दिनुहोस्।

२.थाहा छ तपाईँहरुले आफ्नो हैसियत के बनाउनु भयो? अब एमालेमा जाँदा पनि गुट यथाबत रहन्छ तपाईंका कारणले। तपाईँहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ। तपाईंहरुको हैसियत त बच्चा जन्मिदासँगै निस्कने सालको जस्तो भयो। कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्याँकिन्छ। तपाईँहरु बच्चा होइन साल बन्नु भो।

३. नेपाल-खनालको मुल्यांकन इतिहासले गर्छ। ओलिको मुल्यांकन पनि इतिहासले गर्छ। इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन संसारमा। कम्तीमा राम्रो नराम्रो जे भए पनी उनीहरुमा निर्णय गर्ने आँट त रहेछ। जे गरे गरे। तर विचारका कुरा होइन रहेछ्नी तपाईँहरुको! एउटा उत्तर दिनुहोस एमाले ब्रान्ड हो वा विचार? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नु होस्। तपाईँको विचार मिल्दैन भने ओलि छोड्नुहोस्। देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस्। तर त्यसाे होइन तपाईँहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गीजोल्दै हुनुहुन्छ। अब तपाईँका हातमा केही छैन।

यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाइ तपाईंका वाइयात राजनीतिको बारेमा पत्र पत्रिका सामाजिक सञ्जाल र टिभी हेर्दा दिक्क लाग्यो।अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ।

तपाईँहरु ठिक अरु गलत छ्न् भने बोल्सेभिक बनेर देखाउनु होस् न। के प्रष्ट भएको छ भने तपाईँहरु बाहिर देखिएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन।तपाईंहरु बुढाहरुका काँध बसेर गोजीमा लुकेर मन्त्री हुनेहरु हो। देशको राजनीति अझै नगीजोल्नुहोस्।

(यो सामग्री युवराज संग्रौलाको फेसबुक पेजबाट साभार गरिएको हो ।) 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?